२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोकर्णेश्वरमा व्यवसायी महिलामाथि खुकुरी प्रहार, आरोपी पक्राउ



काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ शिवचोकमा एक व्यवसायी महिलामाथि खुकुरी प्रहार भएको छ। गोकर्णेश्वरस्थित आफ्नै घरमा खाना खाइरहेकी सीतादेवी पन्तमाथि खुकुरी आक्रमण भएको प्रहरीले जनाएको छ। आक्रमणबाट पन्तको हात र टाउकोमा गहिरो चोट लागेर उनी उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

घटनापछि प्रहरीले सिन्धुपाल्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई पक्राउ गरेको छ। मदिरा सेवन गरेका तामाङ पन्तको कोठामा पुगेपछि उनीमाथि खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।

हाल तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ४ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।