२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


डा. तोसिमा कार्कीद्वारा रास्वपामा रिफर्मेसन प्रस्ताव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी सुधार (रिफर्मेसन) सम्बन्धी प्रस्ताव सार्वजनिक गरेकी छन् । उनले पछिल्लो समय विभिन्न कारणले पार्टीप्रति उठेका प्रश्नलाई आत्मसात् गर्दै सुधारको आवश्यकता औंल्याएकी हुन् ।

प्रस्तावमा भनिएको छ, “लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै सुशासनको जगमा उभिएको नैतिक र जनउत्तरदायी सरकार निर्माण गर्ने लक्ष्यसाथ स्थापित हाम्रो पार्टीलाई आम जनताले ठुलो आशा र भरोसापूर्वक हेरेका छन्। तर पछिल्लो समय विभिन्न कारणले पार्टीप्रति केही प्रश्न उठ्न थालेको स्थितिलाई हामीले आत्मसात् गर्नैपर्छ।”

डा. कार्कीका अनुसार, संवेदनशील वर्तमान परिस्थितिमा पार्टीले खेल्ने भूमिकाले नयाँ नेपाल निर्माणमा जनताबाट सुशासनको म्यान्डेट सहित मुख्य शक्ति बन्न आवश्यक छ । उनले यथाशीघ्र केही महत्त्वपूर्ण निर्णय गर्न भन्दै चारवटा प्रमुख प्रस्ताव अघि सारेकी छन् ।

पार्टीभित्र सुधारको यो पहलले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।