काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला नजिकै शुक्रबार साझ गएको पहिरो भोलि बिहान मात्र पन्छाइने भएको छ । पहिरो खस्ने जोखिम कायमै रहेकोले रातको समयमा माथिबाट झरेको ढुंगा÷पहिरो नदेखिने र आवागमन सुचारू गर्दा संभावित दुर्घटना निम्तन सक्ने भएकोले भोलि बिहान ४ बजेसम्मका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयले बिहान ४ बजेपछि पहिरो हटाउने कार्य सुचारू हुने जनाएको छ । कार्यालयले सडकमा रोकिएका सवारीसाधनहरू लेन अनुशासनमा राख्न र यात्रुलाई आजको रात अवधिभर सावधानीपुर्वक सुरक्षित स्थानतिर जान आग्रह गरेको छ ।








प्रतिक्रिया