२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जनागाल–भैँसेपाटी खण्डमा कालोपत्र सुरु, बनेपामा अवरोधका कारण काम ठप्प



काभ्रेपलाञ्चोक

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको जनागाल–भैँसेपाटी भागमा कालोपत्र सुरु गरिएको छ। वर्षाका कारण रोकिएको काम बनेपा–१० स्थित जनागाल क्षेत्रबाट पुनः सुरु भएको हो।

आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार साँगातर्फ ‘सिसटीबी’को काम सकिएपछि निरन्तर कालोपत्र अघि बढाइनेछ। तर बनेपाको पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’ विवादका कारण करिब ६ महिनादेखि काम अवरुद्ध छ।

१६ किलोमिटर लम्बाइको उक्त सडक विस्तार ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि हालसम्म सूर्यविनायक–साँगा खण्डमा ४० प्रतिशत र साँगा–धुलिखेल खण्डमा ५० प्रतिशत मात्रै काम भएको छ। बाँकी चार महिनामा सम्पूर्ण काम सकिने सम्भावना नरहेको आयोजनाले जनाएको छ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  १२ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।