काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासको कसम ब्रिगेडले गाजामा बन्धक बनाइएका ४७ जनाको तस्बिरसहित ‘बिदाइ पोस्टर’ सार्वजनिक गरेको छ। पोस्टरमा नेपाली विद्यार्थी विपिन जोशीको पनि तस्बिर समावेश छ। पोस्टरमा जीवित र मृत सबै बन्धक देखाइएका छन् र प्रत्येकको तस्बिरमुनि १९८६ मा लेबनानबाट बेपत्ता भएका इजरायली पाइलट रोन अरादको नाम राखिएको छ। हमासले यो पोस्टरमार्फत इजरायली सैन्य कारबाही रोक्न दबाब दिने प्रयास गरेको छ।
सार्वजनिक तस्बिरमा प्रत्येकको क्याप्सन “Ron Arad” राखिएको छ। हमासले यो कदम इजरायली सरकार र बन्दी परिवारमाथि दबाब दिने उद्देश्यले उठाएको टाइम्स अफ इजरायलले जनाएको छ।
इजरायली अधिकारीहरूको अनुमान अनुसार करिब २० जना बन्दी जीवित रहेका छन्। हमासले बन्दीहरू गाजाका विभिन्न टोल–छिमेकमा राखिएको दाबी गरेको छ। यसअघि हमासले दुई इजरायली बन्दीको भिडियो पनि सार्वजनिक गरेको थियो।








प्रतिक्रिया