२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं माछापोखरीमा बस दुर्घटना, २० भन्दा बढी घाइते



काठमाडौं । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटना भएको छ । बा ५ ख ५० नम्बरको बस माछापोखरी बाइपासको उकालो चोकमा पल्टिँदा २० जना भन्दा बढी घाइते भएका छन् ।

बस चालकले बाटोमा आइपरेको मोटरसाइकललाई जोगाउने क्रममा गाडी नियन्त्रण बाहिर गई मुख्य सडकमै पल्टिएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि नजिकैको अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएपछि केहीबेर बाइपास सडक अबरुद्ध बनेको थियो । हाल भने प्रहरीले गाडी हटाएर आवागमन सुचारु गरेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १० : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।