२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ठेचो सडकमा ट्याङकरमा ठोक्कियो मोटरसाइकल, चालकको निधन



ललितपुर

ललितपुर ठेचोमा ट्याङकरमा मोटरसाइकल ठक्कर खाएपछि चालकको निधन भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक ललितपुर ठेचो बस्ने कैलाली घर भएका ४८ वर्षीय कमल सिंह ठकुरीको निधन भएको हो ।

ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका–१२ ठेचोस्थित सडकमा बा.३ क २८४५ नम्बरको ट्याङकरले बाग्मती प्रदेश ०२–०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।