१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्से १११ अंकले उकालो, ९ अर्बभन्दा बढीको कारोबार



काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक बजारमा आएको भारी गिरावटपछि आज सेयर बजार बलियो सुधार देखिएको छ। विगत बिहीबार नकारात्मक सर्किट लागेर ६ प्रतिशतले घटेको बजार आज पुनः उकालो लाग्दै बन्द भएको छ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १११.७० अंकले बढ्दै २,६२३ बिन्दुमा कायम भएको छ। कुल २२४ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको मात्रै मूल्य घटेको छ।

आजको कारोबार मूल्य ९ अर्ब १७ करोड रुपैयाँभन्दा माथि पुगेको छ। यस दिन सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको भयो, जसको कारोबार मूल्य ८३ करोड १३ लाख रुपैयाँ पुगेको छ। सोहीपछाडि हिमालयन रिइन्स्योरेन्सको ४८ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

लगानीकर्ताको कमाइतर्फ आज नौ कम्पनी शीर्ष स्थानमा परे। सिन्धु विकास बैंक, भुगोल इनर्जी, गुडविल फाइनान्स, शिवम् सिमेन्ट, जोशी हाइड्रोपावर, अपि पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, बलेफी हाइड्रोपावर र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतसम्म कमाएका छन्।

तर, आज सबैभन्दा धेरै घाटा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले बेहोरेका छन्। कम्पनीको सेयर मूल्य ७.६४ प्रतिशतले घटेको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।