१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु कारागारबाट भागेका कैदीले आफ्नै श्रीमतीको गरे हत्या



काभ्रे । नख्खु कारागारबाट फरार एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन्। काभ्रे जिल्ला पनौती नगरपालिका–१२ गागलका करिब ३५–३६ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया श्रीमती मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिएका छन्।

सन्तबहादुर तामाङ जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए। उनी यौन हिंसासम्बन्धी मुद्दा (जबरजस्ती करणी) मा दोषी ठहर भई जेल परेका थिए।

घटनापछि तामाङ फरार भएको र प्रहरीले खोजीकार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले बताए। उनका अनुसार इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ र विस्तृत विवरण संकलन भइरहेको छ।

प्रहरीले घटनास्थलमा पुगेपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ३ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।