२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सूर्यविनायक–धुलिखेल सडक निर्माणमा बजेट अभाव हुन नदिने ऊर्जा मन्त्री घिसिङको प्रतिबद्धता



भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडकखण्डको निर्माण प्रगतिबारे स्थलगत निरीक्षण गरेका छन्।

आज बिहान सडक निर्माण स्थल पुगेका मन्त्री घिसिङले जिम्मेवार निकायका अधिकारीहरूसँग प्रगति विवरण बुझ्दै गुणस्तरीय निर्माण कार्यमा ढिलासुस्ती नगरि समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन्।

उनले सो सडकलाई बजेट अभाव हुन नदिने स्पष्ट प्रतिबद्धता जनाउँदै यात्रुहरूले सहज र सुरक्षित यात्रा गर्न सक्ने वातावरण बनाउन आग्रह गरे। “यो सडक राजधानीसँग जोडिने महत्वपूर्ण पूर्वाधार हो। आवश्यक बजेट तुरुन्त उपलब्ध गराइनेछ,” मन्त्री घिसिङको भनाइ छ।

निरीक्षणका क्रममा उनले निर्माण क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे पनि जानकारी लिएका थिए। स्थानीयवासीले भने सडक निर्माण तीव्र बनाउन आग्रह गर्दै मन्त्रीसमक्ष माग राखेका छन्।

 

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  २ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।