काठमाडौं । सरकारले ३ जना सचिवको सरुवा गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सचिवहरुको सरुवा गरेको हो । जसअनुसार गृहसचिवको समेत सरुवा भएको हो ।
गृहसचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिइएको हो । दंगाल हाल रक्षा मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका थिए ।
त्यस्तै राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको समेत सरुवा भएको छ । उनलाई रक्षा सचिवको जिम्मेवारी दिइएको हो । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरे पनि आजमात्रै त्यसबारे बाहिरिएको हो ।
जेनजी आन्दोलनका क्रममा वर्तमान गृहसचिव दुवाडीले पदीय दुरुपयोग गरेको आरोप लागेको छ । उनलाई यसअघिका गृहमन्त्री रमेश लेखकले सरुवा गरेर गृहमन्त्रालय ल्याएका थिए ।








प्रतिक्रिया