चापागाँउ
माओवादी राजनीतिमा सक्रिय रहेका दक्षिण ललितपुरका युवा नेताले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका उम्मेदवारी घोषणा गर्ने भएका छन् ।
राजधानीमा औपचारिक कार्यक्रमको घोषणा गरेर उनले आफ्नो उम्मेदवारी र एजेण्डा सार्वजनिक गर्ने भएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले आफूले कुनै अपराध गरेको वा खाए विराएको प्रमाणित भए तिरोतिरान र सजाय भुक्तान गर्ने प्रतिबद्धता व्यक्त गर्दै असोज २१ गते प्रहरी प्रशासन र स्थानीय निकायलाई पत्राचार गर्ने भएका छन् ।
निर्वाचनमा होमिने कार्ययोजना समेत सार्वजनिक गर्दै युवा नेता महतले असोज २१ बाटै
ललितपुर क्षेत्र नं. १ का ३० वटा वडाको यात्रा सुरु गर्दैछन् । यात्रामा उनी कसैको घरमा नबस्ने नखाने भन्दै वडा कार्यालय नजिकै रेण्टमा बस्ने उनी बताउछन् । उनी भन्छन्, ‘मबाट ठगिएका, लुटिएका,मर्कामा परेकाले मर्का अनुसार कुट्न, मुत्न, थुक्न र क्षतीपुर्ती स्वरुप माग दाबी गर्न सक्नु हुनेछ ।’
उनले गम्भीर आरोपहरु सार्बजनिक क्षमा याचना गर्न कार्तिक २९ गते शनिबार प्याङ्गाउ बसपार्कमा सार्बजनिक कार्यक्रम गरि स्वः घोषणा गर्ने भएका छन् । सार्वजनिक कार्यक्रम मार्फत तिरोतिरान र ब्यहोर्न पर्ने भुक्तान गर्ने र बाँकी भए माफी, मिनाहा माग्ने योजना सार्वजनिक गरेका छन् ।
उनी सार्वजनिक कार्यक्रमबाटै सम्पत्ती सार्वजनिक गर्दै उम्मेदवार घोषणा गर्ने बताउछन् ।
सनोज महत गोदावरी ५ लेलेका स्थानीय बासिन्दा हुन् । २०५८ सालमा पाटन कलेजमा आईए लेभलमा अध्ययन गरिरहेको अवस्थामा उनलाई तत्कालीन सरकारले नेकपा माओवादीको भातृसंगठन अखिल क्रान्तिकारीको सदस्य रहेर आतंककारी राजनीतिक गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो ।
अदालतको सफाईपछि उनी २०६० सालमा सफाई समेत पाए । उनले सो समयमा जेलमै बसेर आइए पास गरे । अनि भारत बसेर अध्ययनलाई अघि बढाए ।
२०६३ सालपछि माओवादी खुला राजनीतिमा सक्रिय भएपछि उनी राजनीतिक रुपमा सक्रिय समेत रहे । उनी नेता बाबुराम भट्राईको नेतृत्वमा बनेको नयाँ शक्ति पार्टीको ललितपुर प्रमुख समेत भए । २०६८ सालपछि उनले घोषणै गरेर पार्टी त्यागे । उनी अहिले आफूलाई कुनै राजनीतिक गतिविधिमा सक्रिय नरहेको बताउछन् ।
उम्मेदवारी कुनै पार्टी वा स्वतन्त्र रुपमा गर्नेबारे उनले कुनै योजना सार्वजनिक गरेका छैनन् ।
यो पनि पढ्नुस् :








प्रतिक्रिया