२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीको चुच्चेपाटी र सोल्टी दोवाटोमा दुई दुर्घटना, दुई जनाको निधन



काठमाडौं । राजधानीको चुच्चेपाटी र सोल्टी दोवाटोमा भएका दुई दुर्घटनामा दुई जनाको निधन भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ चुच्चेपाटी भाटभाटेनीस्थित सडकमा म.प्र.०३–००२ ख ४०६७ नम्बरको ट्रकले बा.८६ प ७४५७ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ घर भएकी २६ वर्षीया सिता तिमल्सिनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको सामुदायिक स्तुपा अस्पताल चुच्चेपाटीमा उपचारको क्रममा निधन भएको हो । दुवै सवारी साधनका चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको छ ।

साथै काठमाडौंको नागार्जुन नगरपालिका–४ सोल्टी दोवाटोस्थित भएको अर्को दुर्घटनामा बा.प्र – ०१–०३० च ६५०१ नम्बरको इभि भ्यानको ठक्करबाट सोही नगरपालिका–१० घर भएका ६३ वर्षीय हरिचन्द्र लामिछानेको बुधबार बिहान निधन भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा निधन भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाहीको प्रकृया सुरु गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।