२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जेनजी आन्दोलनका कारण ललितपुरको युलेन्स स्कुलमा १.२५ अर्बको क्षति



काठमाडौं । युलेन्स एजुकेसन फाउन्डेसनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्लोदनमा भएको आगजनी तथा तोडफोटबाट १ अर्ब २५ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाएको छ । फाउन्डेसनले एक विज्ञप्ती जारी गर्दै उक्त घटनाका कारण ठूलो क्षति भएको जनाएको हो ।
‘‘किन्डरगार्टेनदेखि आईबी डिप्लोमा र कलेज तहसम्मका सबै विद्यार्थीहरूका लकरमा रहेका पुस्तक तथा स्टेसनरीहरु समेत जलाइएका छन् । विद्यालय जोकोहीको मुटु काँप्ने गरी खण्डहर बनेको छ,’ विज्ञप्तीमा भनिएको छ ।

फाउन्डेसनका अनुसार खुमलटारस्थित युलेन्स विद्यालयका ५ वटा भवन, बाँसबारीस्थिति विद्यालयका ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा तोडफाड तथा आगजनी भएको थियो ।

यस्तै आगजनीमा ८३ वटा बसहरू जलाइनुका साथै एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचरहरू लुटिएको र जलाइएको जनाइएको छ ।

फाउन्डेसनले विद्यालयमा आरजु राणाको कुनै पनि लगानी नरहेको र उनलाई मानार्थरुपमा अध्यक्ष पद दिइएको जनाएको छ । विद्यालयसँग राणाको संलग्नता रहेको भन्दै आन्दोलनकारीले विद्यालयमा क्षति पुर्याएका थिए ।

‘पुननिर्माणपछि फेरि पनि अप्रिय घटनाको सामना गर्नु नपर्ने भन्ने सुनिश्चितता नरहेको विज्ञप्तीमा उल्लेख छ । ‘कक्षाकोठाामा हाम्रा बालबालिका र शिक्षक, कर्मचारीको जीवको सुरक्षामा कसरी विश्वस्त हुने ? सडकमा बालबालिका लिए ? गुड्ने हाम्रा सवारीसाधन निर्वाध र सुरक्षित रूपमा गन्तव्यमा पुग्ने प्रत्याभूति हामीले कसबाट कसरी प्राप्त गर्ने ?’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ४ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।