२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पुराना पार्टीका नेताहरू सच्चिनेवाला छैनन् :डा.भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का निवर्तमान अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलका नेताहरूबाट मुलुकको परिवर्तनको आशा गर्न नसकिने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)जस्ता पुराना दलका नेताहरू सुधारिन सक्ने सम्भावना नभएको स्पष्ट पारे । ‘पुराना थोत्रा पार्टीका नेताहरू सच्चिनेवाला छैनन्,’ भट्टराईले भने, ‘टाउकोसम्म कुहिएर बसेको शक्तिको रूपान्तरण हुने सम्भावना म देख्दिनँ ।’

उनले राजनीतिक रूपान्तरणको लागि पुराना पार्टीभित्रका दोस्रो र तेस्रो पुस्ताका नेताहरूले विद्रोह गर्नुपर्ने धारणा राखे । ‘त्यो भित्रका नयाँ पुस्ताका साथीहरूले विद्रोह गरेर नयाँ वैकल्पिक शक्ति अभियानलाई साथ दिनुपर्छ,’ उनले जोड दिए ।

भट्टराईले पछिल्लो समय उदाएका नयाँ दल र स्वतन्त्र राजनीतिक व्यक्तित्वहरूलाई एक ठाउँमा ल्याउनु अहिलेको आवश्यकता रहेको बताए । ‘राजनीतिक चेतसहितका युवाहरू छन् । तपाईंहरू, नयाँ शक्ति, विवेकशील, रास्वपा, बालेन शाह, हर्क साम्पाङ– सबै एक ठाउँमा आउने वातावारण बनाउनुपर्छ,’ उनले भने ।

यदि नयाँ शक्ति र व्यक्तित्वहरू एउटै प्लेटफर्ममा आउन नसके, मोर्चा बनाएर अघि बढ्न सकिने विकल्प पनि उनले प्रस्तुत गरे । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बुधबार नेसपाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  २ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।