२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एक हजार ५ सयभन्दा धेरै संख्यामा प्रहरी सेवामा जागिर खुल्यो



\काठमाडौं
एक हजार ५ सयभन्दा धेरै संख्यामा प्रहरी सेवामा जागिर खुलेको छ ।
नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार ५ सय ९४ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ ।
नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार ५ सय ५३ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ४१ जनाका लागि दरखास्त आव्हान गरिएको हो । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ हजामतर्फ ११ जना, कुचीकारतर्फ १५ जना र खेलाडीतर्फ १५ जनाका लागि
दरखास्त आव्हान गरिएको हो ।
प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीतर्फ हजाम र कुचीकार पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, प्रदेश प्रहरी तालिम केन्द्रहरू
विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।
प्रहरी कार्यालय सहयोगीतर्फ खेलाडी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा दरखास्त फारम लिन र बुझाउन सकिने छ ।
नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन्

दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।