२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरमा चाडपर्वमा उत्श्रृखल गतिविधि गरे कारवाही : प्रशासन



 

ललितखबर
जेनजी आन्दोलनपछि विभिन्न अपराधका घटना सार्वजनिक हुने क्रम बढ्दो छ । सुरक्षा सर्तकता अपनाउदै कतिपय टोलबासी आफैं गस्तीमा छन् । चाडपर्वको बेला विभिन्न अपराधका घटनामा बृद्धि हुने यसअघिको तथ्याङ्क हेर्दा विशेष सर्तकता अपनाउनु जरुरी छ ।
ललितपुरभर दशैं तिहारका समयमा विभिन्न उत्श्रृखल गतिविधि देखे भेटे प्रशासन र प्रहरीलाई खबर गर्न सूचना जारी गरिएको छ ।
सार्वजनिक स्थलमा हुलदंगा,होहल्ला गरे,गैरकानूनी चिठ्ठा, जुवातास र अनलाइन सपिङका नाममा अबैध कारोवार,सवारीसाधनमा तोकिएकोभन्दा धेरै यात्रु बोक्ने, मादक पर्दाथ सेवन गरेर सवारी चलाउने, बढी भाडा लिने, बजारमा कृतिम अभाव श्रृजना गराएर मूल्यबृद्धि गराउने,म्याद नाघेको बस्तुको बिक्रि र कालोबजारी भए गरेको घटनाबारे प्रहरी र प्रशासनमा उजुरी दिन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर आह्वान गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी गिता घिमिरेले सूचना जारी गर्दै यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कारवाही हुने जानकारी दिउकी छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।