२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेलम्चीमा बस दुर्घटना, १० जना घाइते(भिडियोसहित)



मेलम्ची । काठमाडौंबाट पाल्चोकतर्फ जाँदै गरेको आमाह्यल्मो यातायातको बा ३ ख ९३०८ नम्बरको बस मेलम्ची नगरपालिका–१३ स्थित वडा कार्यालय नजिकै दुर्घटनामा परेको छ । दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् ।

घाइतेहरूको मेलम्चीमै उपचार भइरहेको छ । उनीहरूमा नानी लामा (६५, हेलम्बु–३ पाल्चोक), उइना गिरी (८७, ईचोक), भगवती नेपाली (५३, फटकशिला), बोम्जन तामाङ (५५, भोटेनाम्लाङ), ईशोरी घोरासैनी (४०, फटकशिला), कुमार सेन्चुरी (५०, फटकशिला), सन्चमाया तामाङ (२३, हेलम्बु–५), पेम्बाल्यामु लामा (१६, हेलम्बु–३ पाल्चोक), मङ्गली तामाङ (५५, हेलम्बु–३ पाल्चोक) र रोशन तोलाङ्गे (३२, हेलम्बु–३ पाल्चोक) रहेका छन् ।

घाइतेको अनुसार बसमा जहर्शिङ पौंवाबाटै खराबी देखिएको थियो । चालकले पटक–पटक मर्मतका लागि आग्रह गरे पनि बसधनीले बेवास्ता गरेको र ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको बताएका छन् ।

घाइतेहरूको स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ३ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।