२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


एआइजीका लागि चार प्रहरी अधिकृतको नाम सिफारिस



काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको छ।

बढुवा समितिको २०८१ असोज १२ गते बसेको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप–नियम (४) अनुसार सिफारिस सूची प्रकाशन गरेको हो।

सिफारिसमा परेका अधिकृतमध्ये नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, आर्थिक प्रशासन शाखा, प्रधान नक्सालमा कार्यरत सुशील सिंह राठोर, मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम, धनुषाका उमा प्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी महाशाखा टंगाल, काठमाडौँका हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी, कैलालीका डम्बर बहादुर बि.क.रहेका छन् ।

 

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।