काठमाडौं । काठमाडौंको काष्ठमण्डप नजिक आज बिहान आगलागी भएको छ। स्थानीयका अनुसार बिहान करिब ३ बजेदेखि सुरु भएको आगलागीमा तीनवटा घर र एक मन्दिर प्रभावित भएका छन्।
आगो नियन्त्रणका लागि काठमाडौं र ललितपुर महानगरपालिकाका दमकल प्रयोग गरिएका छन् भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरी समेत सक्रिय छन्। तर बिहानसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
स्थानीयले आगलागी कपडा गोदामबाट सुरु भएको बताएको भए पनि यथार्थ कारण भने खुल्न सकेको छैन। घटनास्थलमा उद्धार र नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया