१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सुनसान बन्यो काठमाडौँका सडक



काठमाडौँ
विजयादशमीको बिहान आज काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन् ।

काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागमन भएको देखिन्छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको जनाएको छ । टीकाको समय सुरु भएपछि अन्य स्थानमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ ।

दसैँको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको कार्यालयको तथ्याङ्क छ ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ३ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।