२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा बाढीमा फसेका ४ सय ९३ जनाको उद्दार



काठमाडौं
काठमाडौंमा बाढीमा फसेका ४ सय ९३ जनाको उद्दार गरिएको छ ।
काठमाडौं महानगरका मेयर वालेन शाहले सामाजिक सञ्जालमार्फत महानगरका ५ वटा विद्यालय विश्व निकेतन विद्यालय त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरीमा ५२, जन विकास, कुलेश्वरमा ५२ परिवारका २ सय ५१ ज्ना,महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना बसिरहेको जानकारी दिएका छन् ।
उनले महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रयस्थल (सेल्टर) व्यवस्था गर्न सकिने बताउदै उनीहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको बताएका छन् ।
खोलाले कटान गरेका स्थानहरूमा काठमाडौँ महानगर प्रहरी बलले बोरामा माटो र गिट्टी राखेर नदी कटान रोक्ने कार्य तीव्र गतिमा गरिरहेको उनको भनाई छ ।कुनै आपतकालीन समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू १६६००१०५५११,०१५९०१७६४ र ०१५९०१७६३ रहको सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।