ललित खबर
दक्षिण ललितपुरको वागमती ३ नयाँगाँउमा दुई महिलाको शव फेला परेको छ ।
भट्टेडाँडा प्रहरी चौकीका अनुसार आइतबार विहान ८ बजे दुई बर्ष ६३ को कान्छी मायाँ मार्पा र बर्ष ६५को फुल मायाँ बजुको शव फेला परेको हो ।
दुई जनाको अविरल बर्षा पनि विपतमा परेको हल्ला भए पनि त्यसो नभएको प्रहरी श्रोतले जानकारी दिएको छ ।
प्रहरी भन्छ, ‘दशैं पर्वमा धेरै मदिरा सेवन गरेको भन्ने सुन्नमा आएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि सबै खुल्छ ।’
घटनास्थलमा बाढी पहिरोले कुनै क्षति पुगेको अवस्था नरहेको प्रहरीले ललितखबरलाई जानकारी दिएको छ ।
वागमती गाँउपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामीले प्रहरीको अनुसन्धानपछि सबै खुल्ने बताएका छन् । यद्यपी गाँउपालिका अध्यक्ष विरबहादुर लोप्चन भने अविरल बर्षाका कारण निधन भएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत थप कारण नखुलाई जानकारी दिएपछि अन्यौल श्रृजना भएको थियो ।
दुवै शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको छ ।
२० आश्विन २०८२, सोमबार
2k
Shares








प्रतिक्रिया