२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरको माझापाटीमा पहिरो, सुरक्षाकर्मी र स्थानीयको सहकार्यमा क्षति न्यूनीकरण



भक्तपुर । अविरल वर्षाका कारण भक्तपुरको सूर्यविनायक नगरपालिका–९ माझापाटी क्षेत्रमा आएको पहिरोले क्षति पुर्‍याएको छ।

नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीय बासिन्दाको सहकार्यमा पहिरोले थप क्षति नहोस् भनेर तत्कालै जोखिम न्यूनीकरण कार्य अघि बढाइएको हो। प्रभावित स्थानमा पहिरो हटाउने काम भइरहेको र थप क्षति रोक्न बाधसमेत लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

लगातारको वर्षासँगै भक्तपुरका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको भन्दै स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ११ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।