२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा दिनदहाडै चोरी



काठमाडौं । राजधानीको वनस्थली क्षेत्रमा घरमालिक र डेरावाल दुबैको कोठाबाट नगद र गरगहना चोरी भएको छ। चोरीमा करिब एक लाख ४४ हजार पाँच सय रुपैयाँ बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ।

काठमाडौँ महानगरपालिका–१६, वनस्थलीमा बस्ने लालपुरा रोक्काको घर र सोही घरमा डेरा गरी बस्ने तनहुँ गण्डकी गाउँपालिका–५ का ३१ वर्षीय तेजबहादुर गुरुङको कोठाबाट मंगलबार दिउँसो चोरी भएको हो।

प्रहरीका अनुसार चोरी भएको सामानमा नगद रकमसहित चाँदीका विभिन्न गरगहना पनि रहेका छन्। घटनापछि संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर आवश्यक अनुसन्धान अघि बढाएको छ। हाल घटनामा संलग्न हुन सक्ने व्यक्तिहरूको पहिचान र नियन्त्रणका लागि अनुसन्धान जारी रहेको बताइएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।