२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा, सात हजार प्रहरी परिचालन



काठमाडौं । माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ ।

जेनजी समूहका विभिन्न टिमले प्रदर्शन गर्ने तथा नेकपा (एमाले)ले समेत भक्तपुरमा बिहीबार नै कार्यक्रम गर्ने तालिका राखेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

काठमाडौं प्रहरीले सम्भावित घटना रोक्न सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । प्रहरी अधिकारीका अनुसार सात हजारको हाराहारीमा प्रहरीको टोली परिचालन गरिएको छ । प्रहरीबाहेक सशस्त्र प्रहरी बलको टोलीसमेत खटाइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।