३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


टोखामा रड प्रहार गरी १ जनाको हत्या, २ जना पक्राउ



काठमाडौं । काठमाडौं टोखामा एक जनाको हत्या भएको छ। टोखा नगरपालिका- २ चण्डेश्वरी बस्दै आएका पाँचथरका ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या भएको हो।

फलामको रड प्रहारबाट गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
लिम्बुको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

टोखा बस्ने उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई बिहीबार राति नै प्रहरीले पक्राउ गरेको हो।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  २ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।