भक्तपुर
भक्तपुरको सूर्यविनायक र मध्यपुर थिमीमा लुटपाट भएको छ ।
प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका १० भंगाल बस्ने ३८ वर्षीय सकुल ढकालको घरमा अज्ञात व्यक्तिहरुले लुटपाट गरेका छन् । उनको घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ७ लाख ४९ हजार २ सय ५५ रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको प्रहरीको भनाई छ ।
यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका–३ डेरा गरी बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–५ घर भएका जिवन श्रेष्ठको कोठामा पनि चोरी भएको छ । उनको कोठाबाट नगद, सुन तथा चाँदीका गरगहना समेत गरी करिब ५ लाख ४० हजार रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको प्रहरी श्रोतले जानकारी दिएको छ ।
भक्तपुरका यी दुबै घटनामा प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।








प्रतिक्रिया