जे काम गर्दा पनि संघीय सरकारको अनुमती लिनुपर्छ । त्यसैले ढिला भयो
ललितपुर
ललितपुरको कुसुन्ती चक्रपथमा ठूला ठूला पिलर गाडेर फुटपाथ र दुई लेन सडक छेकिएको छ । यहाँबाट ओहोरदोहोर गर्ने सवारी साधन ओरालो सडकमा ब्रेक लगाएर रोकिन्छन् अनि पालो पर्खिएर जान्छन् । फुटपाथमा हिड्ने यात्रुलाई पनि उस्तै सास्ती छ ।
आकाशेपुलसँगै यातयात व्यवस्था विभागले सवारी साधनको लाइसेन्स वितरणका लागि कार्यालय खोलेपछि यहाँ यात्रुको भीड बढ्ने गरेको छ । यहाँ बेला बेलामा यात्रु दुर्घटनामा परेर निधन भएको खबर सार्वजनिक भइरहेको समाचार सुनिन्छ ।
गएको २०८० फागुन २० गते निर्माण कम्पनी प्रगति–मणि बुद्ध जेभीसँग एक बर्षभित्र लिफ्ट सहितको आकाशे पुल निर्माण सुरु भएको यो संरचना अझै बनेको छैन । महानगरसँग एक बर्षभित्र बनाउने सम्झौता भए पनि आकाशे पुल अलपत्र छ ।
ललितपुर महानगरले चार करोड ६८ लाख नौ हजार पाँच सय ६१ रुपैयाँ बजेटमा निर्माण सुरु हुने बेला मेयर चिरिवावु महर्जनले समयमै निर्माण पुरा गर्न निर्देशन दिएका थिए ।
परामर्शदाता डिबी मल्टी इञ्जिनियरिङ प्राइभेट लिमिटेडका प्रतिनिधि तथा आयोजनाका डिजाइनर विनोद न्यौपानेले समयमै काम पुरा गर्ने बताए पनि काम भएन ।
सुरु गरेको योजना सम्पन्न गराउन महानगरले नसकिरहेको अवस्थामा धोविघाटमा साइकलमैत्री पुल निर्माण गर्ने भन्दै महानगरले आइतबार शिलान्याश ग¥यो । मेयर चिरीवावु महर्जनले लिफ्ट सहितको सो आकाशेपुल संघीय सरकारका कारण बन्न ढिलो भएको आरोप लगाए । भने, ‘जे काम गर्दा पनि संघीय सरकारको अनुमती लिनुपर्छ । त्यसैले ढिला भयो ।’








प्रतिक्रिया