१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको जडिबुटीमा टिपरको ठक्करपछि पैदलयात्रीको निधन



काठमाडौं
काठमाडौंको जडिबुटीमा टिपरको ठक्करपछि पैदलयात्रीको निधन भएको छ ।

टिपरको ठक्करबाट पैदलयात्री सिन्धुली गोलन्जोर
गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको गए राति निधन भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ जडिबुटीस्थित सडकमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै
गरेको बा.प्र.०१–००४ क ५३६२ नम्बरको टिपरले युवकलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा निधन भएको हो । टिपर
चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही सुरु गरेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।