२७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ



काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका–६ का ३५ वर्षीय छिरिङ भनिने तेन्जिङ शेर्पा हुन्।

उनले आफ्नी श्रीमती ४० वर्षीया विमला तामाङ भनिने अप्सरा कार्कीको हत्या गरेको आरोप लागेको छ। दुवै जना काठमाडौँ महानगरपालिका–७, गौरीघाट क्षेत्रमा डेरा गरी बस्दै आएका थिए।

अप्सरा आइतबार दिउँसो आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि अनुसन्धानका लागि खटिएको प्रहरी वृत्त गौशालाको टोलीले तेन्जिङ शेर्पालाई सोही दिन पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूबीच वादविवाद र झगडा हुँदा तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।