काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोलामा ८ हजार १०० रुपैयाँले बढेको छ। यससँगै प्रतितोला छापावाल सुन २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको छ।
हिजो सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर ३ हजार ३२५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोला ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।








प्रतिक्रिया