२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्न ओलीको प्रस्ताव



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव पेश गरेका छन्।

बुधबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा ओलीले राजनीतिक र समसामयिक विषय समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै महाधिवेशन यही मंसिरमा गर्ने प्रस्ताव अघि सारेका हुन्।

तीन दिनसम्म चल्ने बैठकमा यो प्रस्तावलाई छलफल गरी अन्तिम निर्णय लिइने बताइएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।