ललितपुर । नेपाल प्रहरीले सिंहदरबारको मुख्य गेटमा सेल्फ लोडिङ राइफल (SLR) ककट गर्दै पोज दिने सम्राट उर्फ राजु परियारलाई पक्राउ गरेको छ।
जेनजी आन्दोलनको समयमा उनले सुरक्षाकर्मीको हतियार लुटी उच्छृंखल गतिविधि गर्ने दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएको थियो। यी भिडियोहरू सार्वजनिक भएपछि उनलाई पक्राउ गर्ने दबाब बढेको थियो।
पक्राउ एक महिनापछि ललितपुरको सुनाकोठी क्षेत्रबाट गरिएको हो। प्रहरीले उनका गतिविधि र हतियारप्रति शंका देखाउँदै कानूनी प्रक्रिया अघि बढाएको बताएको छ।








प्रतिक्रिया