काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ नाघी २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेको छ।
बुधबारको तुलनामा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो। यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार बिहीबार १० ग्राम सुनकै मूल्य २ लाख १५ हजार १०५ रुपैयाँ निर्धारण गरिएको छ। सुनको मूल्यमा पछिल्ला दिनहरूमा निरन्तर वृद्धि हुँदै आएको छ, जसले लगानीकर्ताहरूमा चासो बढाएको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा ३ हजार २४० रुपैयाँ रहेको चाँदी बिहीबार बढेर ३ हजार २७५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।








प्रतिक्रिया