२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जेनजी प्रदर्शनमा जलेका ६ शवको पहिचान हुन सकेनः डीएनए परीक्षणका लागि पठाइयो



काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगलागीमा जलेका ६ वटा शवको पहिचान गर्न चिकित्सकहरूले समस्या भएको बताएका छन्।

त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभागले जलेका शवको कंकाल डीएनए परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको छ। तर नमुना पहिचान गर्न कठिनाइ रहेको अस्पतालले जनाएको छ।

चाबहिलको चुच्चेपाटी भाटभटेनी भवनबाट ६ शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेका थिए। त्यहाँबाट संकलित खरानी र कंकाल अस्पताल पठाइएको थियो।

त्रिवि अस्पतालका पोस्टमार्टम विभाग प्रमुख डा. गोपाल चौधरीले भने, “ती ६ शव पूर्ण रूपमा जलेका छन्, केवल खरानी मात्र बाँकी छ। नमुना हेर्दा व्यक्तिको पहिचान गर्न कठिन छ।”

डा. चौधरीका अनुसार, आफन्तहरू अहिलेसम्म अस्पताल आएका छैनन्, र परीक्षणको प्रक्रिया प्रहरी ल्याबमा आफन्त उपस्थित हुँदा मात्र अघि बढ्नेछ।

शवका केही अंग जस्तै दात, कपाल वा रगत मात्र उपलब्ध भएमा डीएनए परीक्षण सम्भव हुने उल्लेख डा. चौधरीले गरेका छन्।

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।