काठमाडौं । सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ। सन् १९५३ मा सगरमाथा शिखर आरोहण गर्ने क्रममा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै आरोहण दलमा भरियाका रूपमा संलग्न शेर्पा आठ हजार मिटरमाथि पुगेका थिए। उनले दुई दशकसम्म पर्वतारोहण क्षेत्रमा सक्रिय योगदान पुर्याएका थिए ।
कान्छा शेर्पा आरोहण दलको अन्तिम जीवित सदस्य थिए । उनको काठमाडौँ कपनस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।








प्रतिक्रिया