काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअतिरिक्त सचिव डा. संगीता कौशल मिश्राविरुद्ध आज आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीविरुद्ध करिब १४ करोड रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा गरेको खरिदको विषयसँग सम्बन्धित फाइलमा अख्तियारले उनीमाथि भ्रष्टाचार मुद्दा पेस गरेको हो ।
जेनजी आन्दोलनपछि गठित सरकारमा उनी स्वास्थ्यमन्त्री बन्ने चर्चा थियो । यसका लागि राष्ट्रपति कार्यालयमा मन्त्रीको सूची भन्दै शपथका लागि उनको नामसमेत पठाइसकिएको थियो । तर उनीमाथि अनुसन्धान भइरहेको खबर पुगेपछि प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम ‘होल्ड’ गरेकी थिइन् ।
स्वास्थ्य सचिवको आकांक्षीसमेत रहेकी मिश्र सचिव बन्न नसकेपछि बिदामा बसेकी थिइन् । जेन–जीको आन्दोलनपछि नयाँ सरकार गठन भएसँगै उनी मन्त्रालय जान थालेकी थिइन् । स्वास्थ्यमन्त्रीको रूपमा आफ्नो नाम समेत चर्चामा आउन थालेपछि उनले राजीनामा दिएकी थिइन् ।








प्रतिक्रिया