२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रहरीमाथि आक्रमण गर्ने जडीबुटीका गौतम घिसिङ पक्राउ



काठमाडौं । काठमाडौंमा कर्तव्यपालनमा खटिएका प्रहरीमाथि आक्रमण गरी आगजनी तथा हतियार लुटपाट गर्ने घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार दोलखा शैलुङ गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ पक्राउ परेका हुन्।

प्रहरीले २०८२ साउन २४ गते भएको प्रदर्शनका क्रममा विभिन्न स्थानमा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएको थियो। सो क्रममा घिसिङले प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गर्नुका साथै प्रहरी टोलीमाथि आक्रमण गरी बर्दी खोल्न लगाएको र बाग्मती खोलामा सङ्घातिक आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

त्यस्तै, उनले कर्तव्यपालनमा खटिएका प्रहरीको हतियार र गोलीगठ्ठा लुटपाट गरेको आरोपसमेत लागेको छ। प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसूरमा ८ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी परिसरका अनुसार घिसिङ २०७९ साल असोज ४ र फागुन १० गते बैंकिङ कसूरसम्बन्धी मुद्दामा प्रहरी वृत्त गौशालाबाट दर्ता भई फरार रहेकाले उनको विगतका गतिविधि पनि अनुसन्धानमा समावेश गरिएको छ।

प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक (प्र.उ.) पवन कुमार भट्टराईका अनुसार घटना गम्भीर प्रकृतिको भएकाले विस्तृत अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, आइतबार  ९ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।