२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुर दरबार स्क्वायरमा जुवा खेलिरहेको २७ जना पक्राउ, ९ लाख १३ हजार बरामद



भक्तपुर

भक्तपुर नगरपालिका क्षेत्रभित्र दरबार स्क्वायर नजिक प्रहरीले जुवा खालमा सक्रिय २७ जना जुवाडेहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, घटनास्थलबाट ९ लाख १३ हजार रुपैयाँ नगद बरामद गरिएको छ। त्यसैगरी, तास र कौडासहितका जुवा सामग्री पनि प्रहरीले कब्जा गरेको छ।

जिल्ला प्रहरीले सो घटनालाई लिएर अनुसन्धान सुरु गरेको बताएको छ र संलग्न व्यक्तिहरू विरुद्ध कानूनी कारबाही अघि बढाइने जनाइएको छ। भक्तपुरमा सार्वजनिक स्थानमा जुवा खेलिरहेको पाएपछि प्रहरीले छापा मार्ने र कडाइ गर्ने क्रम जारी राख्ने योजना बनाएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, मंगलबार  ३ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।