भक्तपुरमा कौडा खेल्ने २७ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार भक्तपुर नगरपालिका ४ बुल्छामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही स्थानमा बस्ने ४७ वर्षीय दयाराम सायजु समेत २७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख २३ हजार ९ सय ६० रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको जानकारी दिएका छ ।








प्रतिक्रिया