६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मेयर बालेनले काँग्रेस एमालेका नेतालाई भने ‘लाज लाग्दैन’



 

ललितपुर
काठमाडौं महानगरका मेयर बालेन शाहले काँग्रेस एमालेका नेतालाई ‘लाज लाग्दैन’ भन्दै प्रश्न गरेका छन् ।
गत भदौं २४ गते देशभरका सरकारी कार्यालय र नेताहरुको घरमा आगो लगाएर नष्ट गरेको घटनाको सन्दर्भमा मुख खोल्दै मेयर बालेनले आफूमाथि लागेको आरोपको सामाजिक सञ्जालमार्फत खण्डन गर्दै नेताहरुलाई नै आरोप लगाएका हुन् ।
उनले नेताहरुलाई चिया टाइममा रगत पिएको भन्दै साँकेतिक रुपमा गम्भिर आरोप लगाएका हुन् । उनले स्टाटसमार्फत आन्दोलनमा एमालेले काङ्रेसको घर जलाएको र काङ्रेसले एमालेको घर जलाएको तर दोष भने आफ्नो बाल बच्चालाई दिएको भन्दै आक्रोसपूर्ण अभिव्यक्ति दिएका हुन् ।
केही समयदेखि नेताहरुले वालेन विदेशीको एजेन्ट भएको र देशभर आगो सल्काउन योजना बनाएको आरोप लगाएका थिए ।
हेर्नुस् मेयर वालेनको आरोप जस्ताको त्यस्तै ः

 

तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,
ख्ष्कब पाउनलाई तिमीहरुको घर धाउनु पर्छ ,
अरुलाई एजेन्ट भन्छौ !!!
आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ ,
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !
चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !
लाज लाग्दैन ?

प्रकाशित मिति : ७ कार्तिक २०८२, बिहिबार  ६ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।