२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला



काठमाडौं । दिदीबहिनी वा दाजुभाइ नहुनेहरूका लागि आजैका दिन काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर वर्षको एकपटक मात्र खुलाइन्छ । त्यहाँ पुगेर श्रद्धालुहरूले पूजा, दर्शन र टीका लगाउने प्रचलन रहिआएको छ ।

त्यस्तै, जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेहरूले पूजा र टीका लगाउने परम्परा कायम छ । २०३५ अघि रानीपोखरीभित्र प्रवेशमा कठिनाइ भएकाले भक्तजन खञ्जनेश्वर मन्दिरमा पुग्ने गर्थे । २०३५ पछि भने हरेक वर्ष भाइटीकाको दिन बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्ने परम्परा सुरु भएको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, बिहिबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।