२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


स्वयम्भूबाट श्रोत नखुलेको पैसा बोकेर हिडेका चिनियाँ नागरिक पक्राउ



काठमाडौँ

काठमाडौंको स्वयम्भूबाट श्रोत नखुलेको पैसा बोकेर हिडेका चिनियाँ नागरिक पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु ६९ लाख ८५ हजारसहित एक जना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ्ग र धादिङको नीलकण्ठ नगरपालिकाकी २२ वर्षीया रोजिना सुनारलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

“स्रोत नखुलेको रकमसहित एक जना चिनियाँ र एक जना नेपाली गरी दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूका विषयमा आवश्यक थप अनुसन्धान भइरहेको छ ” उनले भनेका छन् । पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८२, शुक्रबार  ७ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।