काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित ३ जना भारतीय नागरिकहरू पक्राउ परेका छन् ।
प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ७ किलो २ सय ९५ ग्राम सहित ३ जना भारतीय नागरिकहरू शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा २५ वर्षीय हरगोबिन्द सिह, १९ वर्षीय समिर र २७ वर्षीय फिरोज अहमद सम्पद रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको टोलीले एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौं आएका हरगोबिन्द र समिरलाई ३ किलो ६ सय ४० ग्राम तथा इन्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका अहमद सम्पदलाई ३ किलो ६ सय ५५ ग्राम उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीको भनाई छ ।








प्रतिक्रिया