ललितपुरको लुभु बसपार्कबाट लागू औषधसहित एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका ८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध
स्पास्मो ९७ ट्याब्लेट सहित सोही नगरपालिका–८ बिष्णुडोल बस्ने रामेछाप घर भएका १९
वर्षीय तेज रसाईलीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग लुभुबाट
खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको प्रहरीको भनाई छ ।








प्रतिक्रिया