२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको घुसेलमा मोटरसाइकल दुर्घटना, स्थानीय सापकोटाको निधन



साँकेतिक चित्र

ललितपुर
दक्षिण ललितपुरको घुसेलमा मोटरसाइकल दुर्घटनापछि स्थानीय मोटरसाइकल चालकको निधन भएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक धुसेलथली घर भएका ३२ वर्षीय राजु सापकोटाको घटनास्थलमै निधन भएको हो ।

ललितपुर प्रहरीका अनुसार बाग्मती गाउँपालिका–१ सिस्नेडोलस्थित सडकमा मानेभञ्ज्याङबाट थलीभञ्ज्याङतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२८ प ४४६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना भएको थियो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, आइतबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।