२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


ठूलो संख्यामा सिडिओहरुको सरुवा, को कहाँ ? [सूचीसहित]



काठमाडौं । सरकारले एकैपटक ठूलो संख्यामा सहसचिवस्तरका कर्मचारीको सरुवा गरेको छ । जसमा २५ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको सरुवा तथा जिम्मेवारी हेरफेर भएको छ ।

गृहमन्त्रालयले आइतबार सूचना जारी गर्दै मन्त्रीस्तरीय निर्णयबाट३६ जना सहसचिवहरुको सरुवा गरेको हो । जसमा धेरै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु फेरिएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्णय गर्दै गरिएको सिडिओहरुको सरुवा अनुसार दोलखामा नारायणप्रसाद रिसाल, लमजुङमा टोकराज पाण्डे, पश्चिम नवलपरासीको प्रजिअमा कृष्ण प्रसाद लम्साल, कैलालीमा हिरालाल रेग्मी, पर्सामा भोला दाहाल र अर्घाखाँचीमा तोय नारायण सुवेदीलाई जिम्मेवारी दिइएको छ । यसैगरी कपिलवस्तुमा जनार्दन गौतम,धनुषामा प्रेम प्रसाद लुईँटेल र रुपन्देहीमा माधव प्रसाद पोखरेललाई सरुवा गरिएको छ गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, आइतबार  ८ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।