१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु कारागारबाट फरार कैदी टेकुबाट पक्राउ



काठमाडौं । नख्खु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–१० घर भएका ४३ वर्षीय चुक्ताबहादुर राउत रहेका छन्।

काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार राउतलाई वृत्त जनसेवाको टोलीले काठमाडौं–१२, टेकु क्षेत्रबाट सोमबार राति पक्राउ गरेको हो।

राउत जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कारागार चलान भएका थिए। उनी गत भदौ २५ गते भएको जेन–जी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका थिए।

पक्राउ परेपछि उनलाई प्रहरीले पुनः नख्खु कारागारमा जिम्मा लगाएको जनाएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, मंगलबार  १२ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।