ललितपुर । । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा प्रहरीको ग्याँस गन लुटेर प्रहरीतर्फ नै प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको अजिरकोट–५ कुसुन्डे घर भएका निखिल भुजेल छन् ।
ललितपुर बस्दै आएका २१ वर्षीय भुजेललाई पक्राउ गरेर आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालिएको काठमाडौँका एसएसपी रमेश थापाले बताए ।
आरोपीले प्रहरी वृत्त नयाँ बानेश्वरबाट ग्याँस गन लुटेर सो गनबाट प्रहरीलाई नै अश्रुग्याँस फायर गरेका थिए । उनले हतियार बोकेर हिँडेको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भेटिएको छ ।








प्रतिक्रिया